नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो।
यसअघि ९९ औँ स्थानमा रहेको नेपाल एक स्थान तल झर्दै सय स्थानमा पुगेको छ। सन् २०२५ मा थाइल्यान्डसँग एक मैत्रीपूर्ण खेल मात्र खेलेको नेपालले त्यो खेल पनि २-० ले गुमाएको थियो। नेपाललाई पराजित गरेको थाइल्यान्ड एक स्थान सुधार गर्दै ४६ औँ स्थानमा उक्लेको छ। थाइल्यान्डले सन् २०२५ मा तीन खेलेको थियो।
भारत पनि एक स्थान तल झर्दै ७० औँ स्थानमा छ। जोर्डन ७५ औँ वरियतामा छ। पाँच स्थान सुधार गरेको बंगलादेश भने १ सय २८ औँ स्थानमा उक्लेको छ।
फिफा वरीयतामा इजिप्टले भने सात स्थानको छलाङ मारेको छ। इजिप्ट ९३ औँ स्थानमा उक्लेको छ। यूएई पाँच स्थान तल झरेको छ। यूएई १ सय १७ औँ स्थानमा छ।
चार स्थान सुधार गरेको ब्राजिल चौथो स्थानमा उक्लेको छ। शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्पेन र तेस्रोमा जर्मनी छ।
Shares

प्रतिक्रिया