खेल


एसियन कप छनोट: नेपाल र लाओस भिड्दै

एसियन कप छनोट: नेपाल र लाओस भिड्दै

नेपालखबर
जेठ २७, २०८२ मंगलबार ५:५७, काठमाडौँ

एएफसी एसियन कप २०२७ को छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज मंगलबार लाओसविरुद्ध खेल्दैछ। 

लाओसको न्यु लाओस नेशनल स्टेडियममा हुने खेल साँझ पौने ६ बजे सुरु हुनेछ। छनोटमा नेपाल र लाओस दुवै टोली पहिलो जितको खोजीमा छन्। 

लाओसविरुद्धको खेलअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो। यो खेल गोलरहित बराबरीमा सकिएको थियो। 

छनोटको समूह एफमा रहेको नेपाल अंकविहीन रुपमा तालिकाको तेस्रो स्थानमा छ। नेपाल रहेको समूहमा लाओससँगै मलेसिया र भियतनाम छन्। 

सुरुवाती पहिलो खेलमा जित निकालेका भियतनाम र मलेसिया समान ३ अंकमा शीर्ष र दोस्रो स्थानमा छन्। जितविहिन नेपाल तेस्रो र लाओस पुछारमा छ। 

छनोटको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो। लाओस पहिलो खेलमा भियतनामसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो। 

होम एण्ड अवेको आधारमा हुने छनोटको तेस्रो खेलमा नेपालले आगामी अक्टोबर ९ मा भियतनामसँग खेल्नेछ। भियतनामसँग नै नेपालले अक्टोबर १४ मा खेल्ने तालिका छ। 

मलेसियासँग नोभेम्बर १८ मा तथा आगामी मार्च ३१ मा लाओसविरुद्ध खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad