खेल


विश्वकप लिग-२ शृंखलामा लगातार दोस्रो जितका लागि नेपाली टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

विश्वकप लिग-२ शृंखलामा लगातार दोस्रो जितका लागि नेपाली टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

नेपालखबर
जेठ २२, २०८२ बिहिबार ८:४४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग-२ एकदिवसीय शृंखलामा नेपाल विजयी भएकामा सम्पूर्ण खेलाडीमा बधाई दिएका छन्। 

गएराति स्कटल्यान्डमा भएको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै नेपालले आईसीसी विश्वकप लिग-२ एकदिवसीय त्रिकोणात्मक शृंखलामा लगातार दोस्रोपटक जितेको हो। 

यसमा प्रधानमन्त्री ओलीले खेलाडीको हौसला बढाउँदै सामाजिक सञ्जालबाट बधाई दिएका हुन्। 

प्रधानमन्त्री ओलीले बिहीबार बिहान लेखेका छन्, ‘फेरि जित, फेरि बधाई! आईसीसी विश्वकप लिग-२ एकदिवसीय शृंखलाअन्तर्गतको नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेपालले ५ विकेटले शानदार जित हासिल गरेको छ। हार्दिक बधाई!’

गएराति भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको हो। 

त्यसअघि पहिलो खेलमा पनि नेपालले स्कटल्यान्डलाई एक विकेटले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad