खेल


आईपीएल: १४ वर्षीय वैभवको कीर्तिमानी शतकमा राजस्थान रोयल्स विजयी

आईपीएल: १४ वर्षीय वैभवको कीर्तिमानी शतकमा राजस्थान रोयल्स विजयी

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार ६:१०, काठमाडौँ

वैभव सूर्यवंशीको कीर्तिमानी शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरातलाई ८ विकेटले पराजित गरेको छ। 

गुजरातले दिएको २ सय १० रनको लक्ष्य गुजरातले २५ बल अगावै २ विकेटको क्षतिमा भेट्टायो। 

राजस्थानको जितमा १४ वर्षीय ओपनर वैभवले कीर्तिमानी शतक प्रहार गरे। उनले ३८ बलमा ७ चौका र ११ छक्का प्रहार गर्दै १ सय १ रन बनाउँदा प्रसिद कृष्णाको बलमा बोल्ड आउट हुन पुगे। 

वैभवलले ३५ बलमा ७ चौका र ११ छक्का सहयोगमा शतक पूरा गरेका थिए। यो सँगै उनी आइपीएल इतिहासमा शतक बनाउने कान्छा खेलाडी बनेका छन्।  

अर्का ओपनर यसश्वी जैसवाल ७० रनमा अविजित रहे। उनले ४० बलमा ९ चौका र २ छक्का प्रहार गरे। 

कप्तान रियान पराग ३२ रनमा नटआउट रहे। नितिश राना ४ रन बनाउँदा रासिद खानको बलमा एलबीडब्लु धरापमा परे। 

त्यसअघि राजस्थानले टस जितेर फिल्डिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो। 

कप्तान शुभमन गिल ८४ रन बनाउँदा क्याच आउट हुन पुगे। जस बटलर ५० रनमा अविजित रहे। साइ सुदर्शन ३९ रनमा क्याच आउट नै भए। 

हारका बावजुद गुजरात १२ अंकमा तेस्रो स्थानमा छ। राजस्थान ६ अंकमा आठौँ स्थानमा छ। १४ अंक भएको रोयल च्यालेन्जर्स बैग्लुरु शीर्ष र १२ अंक भएको मुम्बइ इण्डियन्स दोस्रो स्थानमा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad