इङलिस प्रिमियर लिगमा क्रिस्टल प्यालेस र आर्सनलले बराबरी खेलेपछि लिभरपुल उपाधि नजिक पुगेको छ।
बुधबार राति इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग २–२ को बराबरी गर्दै अंक बाँडेको छ।
खेलमा लगातार दुई पटक पछि परेको स्थितीलाई उल्टाउँदै क्रिस्टल प्यालेसले उत्कृष्ट पुनरागमन गर्दै आर्सनलसँग अंक खोसेको हो।
क्रिस्टल प्यालेससँग आर्सनलको बराबरीले शीर्ष स्थानको लिभरपुललाई फाइदा पुगेको छ।
लिभरपुलले अब उपाधि जित्न अर्को खेलमा बराबरी गरे मात्रै पुग्ने भएको छ। आइतबार एनफिल्डमा हुने खेलमा लिभरपुलले टोटनह्यामसँग बराबरी मात्रै लिभरपुलले पछिल्लो पाँच सिजनमा दोस्रो पटक उपाधि जित्नेछ।
समग्रमा लिभरपुलले २० औँ लिग टाइटल जित्नेछ। उपाधि जितेसँगै लिभरपुलले म्यानचेष्टर युनाइटेडसँगको रेकर्ड बराबरी गर्नेछ।
लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग १२ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानको लिभरपुलले ३३ खेलबाट ७९ अंक बनाएको छ। दोस्रो स्थानको आर्सनलको ६७ अंक छ।
आर्सनलले पहिलो हाफको तेस्रो मिनेटमा नै सेन्टर ब्याक ज्याकुब किवियरको गोलमा सुरुवाती अग्रता बनाएको थियो। तर खेलको २७ औँ मिनेटमा एबेरेची एजेको गोलमा क्रिष्टल प्यालेस खेलमा फर्किएको थियो।
तर पहिलो हाफको तिन मिनेट बाँकी छँदा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई २–१ को अवस्थामा ल्याए।
खेलको ८३ औँ मिनेटमा जीन फिलिप माटेटाको गोलमा प्यालेसनले आर्सनलसँग बराबरी गर्दै अंक खोस्न सफल भयो।
Shares

प्रतिक्रिया