खेल


'फोर नेसन्स कप बक्सिङ'मा स्वर्ण र रजत पदक जितेका खेलाडी स्वदेश फिर्ता (तस्बिरहरू)

'फोर नेसन्स कप बक्सिङ'मा स्वर्ण र रजत पदक जितेका खेलाडी स्वदेश फिर्ता (तस्बिरहरू)

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १२:२२, काठमाडौँ

भुटानको थिम्पुमा ‘फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५’ मा चार स्वर्ण, तीन रजत र दुई कास्य पदकसहित नेपाली खेलाडी  स्वदेश फिर्ता भएका छन

भुटानको थिम्पुमा सम्मन्न ‘फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५’ मा चार स्वर्ण, तीन रजत र दुई कास्य पदकसहित नेपाली खेलाडी  स्वदेश फिर्ता भएका छन्। बक्सिङ संघका  पदाधिकारी हरु विमान स्थल पुगेर उनीहरुको स्वागत गरेका थिए। 

महिला ५० केजी तौलसमूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५–० अंकमा पराजित गरी पहिलो स्वर्ण दिलाइन्। महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अंकले आधारमा हराउदै नेपाललाई दोस्रो स्वर्ण दिलाएकी थिइन्।

त्यसैगरी महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४–१ अंकको पछि पार्दै स्वर्ण जितिन्। पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत (सिक्कीम)का कृष्ण कैलाश राईलाई ५–० अंकको हराउँदै स्वर्ण जितेका थिए।

त्यस्तै पुरुष ४८ केजीमा नेपालका लालप्रसाद उप्रेती भुटानका प्रतिस्पर्धात्मक खेलमा दोर्जे मगरसंग ४–१ अंकले पराजित हुँदै दोस्रो भएका थिए। पुरुष ५४ केजीमा चन्द्रबहादुर थापा बंगलादेशका महोमद उन्सोवसंग फाइनलमा ३–२ अंक प्राप्तगरी रजत पदक हात पारेका थिए। 

महिला ४८ केजीमा रमिशा श्रेष्ठले र बक्समान्डुबाट सहभागिता जनाएका छिरिङ वाङ्दी शेर्पा पुरुष ६० केजीमा कांस्य पदक जिते भुटान बक्सिङ संघको निमन्त्रणामा प्रतियोगिता खेल चैत्र २९ देखी ३१ सम्म सञ्चालक गरिएको थियो  खेलमा नेपाल, भारत, भुटान र बंगलादेश गरी ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोस्रो भएको हो भने भुटान पहिलो भएको थियो।

तस्बिरहरुः नेपाल फोटो लाईब्रेरी

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad