खेल


मेस्सीको दोहोरो गोलमा पुनरागमन जितसहित मायामी सेमिफाइनलमा

मेस्सीको दोहोरो गोलमा पुनरागमन जितसहित मायामी सेमिफाइनलमा

नेपालखबर
चैत २८, २०८१ बिहिबार ११:५५, काठमाडौँ

कप्तान लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मायामी सेमिफाइनलमा प्रवेश गरेको छ। 

कन्काकाफ च्याम्पियन्स कपमा बिहीबार बिहान भएको क्वार्टर फाइनलको दोस्रो लेगमा मियामीले लस एन्जलसमाथि शानदार पुनरागमन गरेको हो।

पहिलो लेगमा १–० ले पछि परेको मियामी दोस्रो लेगमा पनि १ गोलले पछि पर्दा समग्रमा एन्जलसले २–० को अग्रता लिएको थियो। तर त्यसपछि मायामीले लगातार तीन गोल गर्दै नाटकीय रुपमा सेमिफाइनलको यात्रा तय गरेको हो। 

मायामीको जितमा कप्तान लियोनल मेस्सीले २ तथा फेडेरिको रेडन्डोले एक गोल गरे। एन्जलसले आरोन रङको गोलमा खेलको नवौँ मिनेटमै अग्रता लिएको थियो। । तर मेस्सीले घरेलु टोलीलाई ३५औँ मिनेटमा खेलमा फर्किने संकेत दिए।

पहिलो हाफसम्म पनि २–१ ले पछि परेको मियामीले ६१ औँ मिनेटमा फेडेरिकोको गोलमा बराबरी गर्यो। ८४ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै टोलीलाई सेमिफाइनलको यात्रातर्फ लगे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad