खेल


यूईएफए च्याम्पियन्स लिग: आर्सनलसँग रियल मड्रिड ३-० ले पराजित

यूईएफए च्याम्पियन्स लिग: आर्सनलसँग रियल मड्रिड ३-० ले पराजित

नेपालखबर
चैत २७, २०८१ बुधबार ५:३५, काठमाडौँ

डेक्लान राइसले फ्रिकीकमा दुई उत्कृष्ट गोल गरेपछि आर्सनलले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा रियल मड्रिडलाई पराजित गरेको छ। 

एमिरेट्स स्टेडियममा भएको पहिलो लेगमा आर्सनलले रियलविरुद्ध ३–० को अग्रता बनाएको हो। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भए। 

खेलको ५८ औँ मिनेटमा राइसले फ्रिकीकमा उत्कृष्ट गोल गर्दै रियलविरुद्ध आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको ७० औँ मिनेटमा पनि राइसले फ्रिकीकमा नै गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे। 

त्यसको पाँच मिनेटमा नै मिकेल मेरिनोले गोल गर्दै आर्सनलाई ३–० को अग्रता दिलाएका थिए। 

तीन गोलले पछि परेको रियलका लागि गएरातिको रात खराब रहन पुग्यो। इन्ज्युरी समयको चौथो मिनेटमा एडुआर्डो कामाभिङ दोहोरो पँहेलो कार्ड खादै मैदान छाडे। 

आर्सनल सन् २००८–९ को सिजनपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सकेको छैन। पहिलो लेगको नतिजाले आर्सनलले सेमिफाइनलमा स्थान बनाउने ठूलो मौका मिलेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad