खेल


दोस्रो संस्करणको ‘केपी ओली कप’ क्रिकेट शनिबारदेखि

दोस्रो संस्करणको ‘केपी ओली कप’ क्रिकेट शनिबारदेखि

फाइल फोटो


नेपालखबर
चैत २१, २०८१ बिहिबार २१:३६, काठमाडौँ

पोखरामा यही चैत २३ देखि ३० गतेसम्म दोस्रो संस्करणको ‘केपी ओली कप टि–२० राष्ट्रिय पुरूष क्रिकेट’ सुुरु हुँदैछ। मदन भण्डारी स्पोर्टस एकेडेमीले एकेडेमीका संरक्षक रहेका प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता गर्न लागेको हो। पोखरा रङ्गशालामा खेल सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिए। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहमा रहेका टिमले एकअर्कासँग एक/एक खेल खेलेपछि चारवटै समूहका शीर्ष चार टिम सेमिफाइनल प्रवेश गर्ने छन्।

प्रतियोगिताको समूह ‘ए’ मा सीइसी काठमाडौँ, हेटौँडा एसए, पोखरा महानगर सिसी र स्याङ्जा सिसी छन्। समूह ‘बी’ मा चितवन सिसी, ग्रेट हिमालयन सिए, गण्डकी हिरोज सिसी र हिमालयन सिए छन्।

यसैगरी समूह ‘सी’ मा लुम्बिनी खुकुरी सीसी, मधेस प्रदेश सिसी, हिमाल फ्रेन्ड्स र कर्णाली एकेडेमी छन्। समूह ‘डी’ मा सुन्दरहरैँचा आइसिसी, अत्तरिया सिए, माइपोखरी सीसी र होराइजन सिसी छन्। ‘लिग कम नक आउट’ का आधारमा हुने प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसैगरी ‘प्लेयर अफ द सिरिज’ ले रु ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही रु १० हजार र ‘प्लेयर अफ द म्याच’ले रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ। 

प्रतियोगिताका माध्यबाट क्रिकेट खेलको विकास तथा पोखराको खेल पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अध्यक्ष आचार्यले बताए। पोखरामा नै गत वर्ष सम्पन्न पहिलो संस्करणमा मधेश प्रदेसले उपाधि जितेको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad