खेल


पुलिसको अपराजित यात्रामा आर्मीले लगायो ब्रेक, फाइनलमा दुवै टोली

पुलिसको अपराजित यात्रामा आर्मीले लगायो ब्रेक, फाइनलमा दुवै टोली

नेपालखबर
चैत १४, २०८१ बिहिबार १५:५२, काठमाडौँ

प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लवको अपराजित यात्रा तोडिएको छ। लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले ४ विकेटले पराजित गरेको हो।

यो नतिजासँगै पुलिस र आर्मीबिच नै उपाधि भिडन्त हुने भएको छ। फाइनल खेल शनिबार हुनेछ।

यसअघि ८ खेलमा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको थियो। निर्णायक खेलमा आर्मी विजयी भएसँगै एपीएफ क्लबको भने फाइनल पुग्ने सम्भावना सकिएको छ।

९ खेलमा पुलिस र आर्मीको समान १६ अंक छ। एपीएफको समान खेलबाट १४ अंक छ।

बिहीबार पहिले ब्याटिङ गरेको पुलिसले आर्मीसामु १४९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

आर्मीको जितमा विवेककुमार यादवले नटआउट ४१ रन बनाउँदा क्याप्टेन विनोद भण्डारी १३ रनमा अविजित रहे।

त्रितराज दासले २५, भीम सार्कीले २३, सन्तोष कार्कीले २२ र बसिर अहमदले १२ रनको योगदान गरे। नरेन साउद शून्य रनमा आउट हुँदा इमरान सेइखले १ रन जोडे।

पुलिसका ललित राजवंशीले ४ विकेट लिँदा क्याप्टेन दीपेन्द्र सिंह ऐरी र करण केसीले समान एक विकेट लिए।  

रुपन्देहीको एक्स्ट्रा टेक ओभलमा पहिले ब्याटिङ गरेको पुलिसले ४१.४ ओभरमा अलआउट हुनुअघि १४८ रन बनाएको थियो।

पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धसतक पूरा गरे। उनले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए। कुशल भुर्तेल ९, अमिर श्रेष्ठ ४, अर्जुन साउद १३ रनमा आउट हुँदा आरिफ शेख २२ र गुल्शन झा १७ रनमा आउट भए।  सागर ढकाल १६ रनमा अविजित रहे।  

ललित र रासिद खानले समान ३ रन जोड्दा दिलिप नाथ शूनय रनमै आउट भए।

आर्मीका शाहब आलमले ४, नरेन साउदले ३ विकेट लिए। भीम सार्की र कुशल मल्लले समान १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad