खेल


साफ यू-१९ च्याम्पियनसिप : नेपाल र भारत समूह चरणमै भिड्ने

साफ यू-१९ च्याम्पियनसिप : नेपाल र भारत समूह चरणमै भिड्ने

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १८:४३, काठमाडौँ

साफ यू-१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक भएको 'ड्र' अनुसार नेपाल र भारत एकै समूहमा परेका छन्। 

भारतको अरुणाञ्चल प्रदेशमा हुने साफ यु-१९ च्याम्पियनसिपमा ६ टोलीले सहभागिता जनाउँने छन्। पाकिस्तानले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि बाँकी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको हो। 

समूह ‘ए’मा माल्दिभ्स, भुटान र साबिक विजेता बंगलादेश छन्। समूह ‘बी’मा आयोजनक भारतसँगै साविक उपविजेता नेपाल र श्रीलंका परेका छन्। 

प्रतियोगिता ८ मार्चदेखि १७ मार्चसम्म हुनेछ। गत वर्ष नेपालले आयोजना गरेको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग ४-१ ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad