हङकङका फिल्म हल धमाधम बन्द हुँदै, २० वर्ष पुरानो न्युपोर्टले पनि गर्‍यो ‘सट डाउन’को घोषणा

हङकङका फिल्म हल धमाधम बन्द हुँदै, २० वर्ष पुरानो न्युपोर्टले पनि गर्‍यो ‘सट डाउन’को घोषणा

मङककस्थित न्युपोर्ट थिएटर (विकिकमन्स)


नेपालखबर
फागुन २७, २०८१ मंगलबार १८:४४, हङकङ

२० वर्षदेखि सञ्चालनमा रहेको हङकङको न्युपोर्ट थिएटर अप्रिलबाट बन्द हुने भएको छ।

मङककमा रहेको न्युपोर्ट थिएटरको सञ्चालक न्युपोर्ट सर्किटले सोमबार राति फेसबुकमा सूचना प्रकाशित गर्दै बन्दको घोषणा गरेको हो। सर्किटले बन्द गर्नुपर्नाको कारण छ ‘बजार वातावरण र सञ्चालन समायोजनमा परिवर्तन’ उल्लेख गरेको छ।

२० वर्षदेखि यस क्षेत्रमा सक्रिय रहेको सर्कटिले १ अप्रिपलबाट थिएटरको ढोका बन्द गर्ने घोषणा गर्नु हङकङको कमजोर बक्स अफिस प्रदर्शनले सहरको सिनेमा क्षेत्रलाई निरन्तर असर गरिरहेको पछिल्लो संकेत हो।

पछिल्लो समय हङकङमा ९ वटा सिनेमा घरले बन्दको सामना गरिसकेका छन्। हङकङ बक्स अफिस लिमिटेडको तथ्याङ्कअनुसार गतवर्ष सहरमा स्थानीय ९ वटा फिल्म हल बन्द भएका थिए। बक्स अफिसको तथ्यांकले गतसाल २०११ पछिको सबैभन्दा कमजोर प्रदर्शन देखाएको छ।

जसअनुसार २०२४ मा कुल बक्स अफिस आम्दानी १.३ अर्ब हङकङ डलर थियो जुन २०२३ भन्दा ६.२ प्रतिशतले कम हो।

सन् २००५ मा खोलिएको न्युपोर्ट थिएटरले मार्च ३१ सम्म भने चलचित्र प्रदर्शन जारी रहने जनाएको छ।

‘हामी वर्षौँदेखि दर्शकहरूबाट प्राप्त समर्थन र मायाको कदर गर्छौँ। न्युपोर्ट थिएटर हाम्रो सम्झनामा जीवित रहनेछ,’ चिनियाँ भाषामा लेखिएको फेसबुक पोस्टलाई हङकङ फ्रि प्रेसले उद्धृत गरेको छ।

गत अप्रिलमा कजवे बेमा रहेको ५८ वर्ष पुरानो प्रेसिडेन्ट थिएटर बन्द भएपछि न्युपोर्ट सर्किटद्वारा सञ्चालित बाँकी दुई फिल्म हलमध्ये न्युपोर्ट थिएटर पनि एक थियो। अब यो पनि बन्द हुने भएको छ।

अब चुनमुनमा रहेको हाइल्यान्ड थिएटर मात्र सर्किटद्वारा सञ्चालित एक मात्र चालु सिनेमा घर रहनेछ।

हङकङको सिने क्षेत्र कोभिड १९ महामारीपछि तङ्ग्रिन सकेको छैन। फिल्म हलहरू एकपछि अर्को बन्दको क्रममा देखिन्छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .