युगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गत नेपालले पाँचौँ सफलता प्राप्त गरेको छ। १६.४ ओभरमा इन्दु बर्माको बलमा लङ सर्ट खेलेकी युगान्डाकी खेलाडी रन आउट हुन पुगिन्।
यसअघि १४.५ ओभरमा रिया शर्माको बलमा सर्ट खेल्नेक्रममा पनि युगान्डाकी ब्याटर रन आउट हुन पुगेकी थिइन्।
यसअघि नेपालका लागि ८.३ ओभरमा र १०.३ ओभरमा कप्तान इन्दु बर्माले विकेट लिएकी थिइन्। त्यसअघि पूजा महतोले पहिलो ओभरको पहिलो बलमै विकेट लिएकी थिइन्।
युगान्डामा जारी चारदेशीय महिला टी-२० कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलको रुपमा युगान्डासँग खेलिरहेको हो।
खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। अहिले युगान्डा १७ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएर खेलिरहेको छ।
यसअघि नेपालले आफ्नो पहिलो खेल शनिबार नामिबियासँग खेलेको थियो। खेलमा नेपाल ६ विकेटले पराजित भयो।
इन्दु बर्माको कप्तानीमा उत्रिएको नेपाली टिममा विकेट किपर एलिशाकुमारी यादव, रिया शर्मा, सम्झना खड्का, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, रोमा थापा, रचना चौधरी र ईश्वरी विष्ट छन्।
आज युगान्डासँग खेलिरहेको नेपालले फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।
Shares

प्रतिक्रिया