युगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गत नेपालले चौथो सफलता प्राप्त गरेको छ। १४.५ ओभरमा रिया शर्माको बलमा सर्ट खेल्नेक्रममा युगान्डाकी ब्याटर रन आउट हुन पुगेकी हुन्।
यसअघि नेपालका लागि ८.३ ओभरमा र १०.३ ओभरमा कप्तान इन्दु बर्माले विकेट लिएकी थिइन्। त्यसअघि पूजा महतोले पहिलो ओभरको पहिलो बलमै विकेट लिएकी थिइन्।
युगान्डामा जारी चारदेशीय महिला टी-२० कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलको रुपमा युगान्डासँग खेलिरहेको हो।
खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। अहिले युगान्डा १५ ओभरमा ४ विकेट गुमाउँदै ५३ रन बनाएर खेलिरहेको छ।
यसअघि नेपालले आफ्नो पहिलो खेल शनिबार नामिबियासँग खेलेको थियो। खेलमा नेपाल ६ विकेटले पराजित भयो।
इन्दु बर्माको कप्तानीमा उत्रिएको नेपाली टिममा विकेट किपर एलिशाकुमारी यादव, रिया शर्मा, सम्झना खड्का, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, रोमा थापा, रचना चौधरी र ईश्वरी विष्ट छन्।
आज युगान्डासँग खेलिरहेको नेपालले फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।
Shares

प्रतिक्रिया