खेल


अस्ट्रेलियालाई पराजित गर्दै भारत च्याम्पियन्स ट्रफीको उपाधि नजिक

अस्ट्रेलियालाई पराजित गर्दै भारत च्याम्पियन्स ट्रफीको उपाधि नजिक

नेपालखबर
फागुन २१, २०८१ बुधबार ५:५६, काठमाडौँ

अस्ट्रेलियालाई पराजित गर्दै भारत च्याम्पियन्स ट्रफीको उपाधि नजिक पुगेको छ। 

मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियामाथि ४ विकेटको जित हात पार्दै भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको हो। 

अस्ट्रेलियाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। 

भारतको जितमा विराट कोहलीले उत्कृष्ट प्रर्दशन गरे। खेलको प्लेयर अफ दि म्याच समेत बनेका कोहलीले सर्वाधिक ४ रनको योगदान दिए। उनले ९ बलमा ५ चौका सहयोगमा ८४ रन बनाउँदा आडम जम्पाको बलमा क्याच आउट हुन पुगे। 

केएल राहुल ४२ रनमा अविजित रहे। कप्तान तथा अ‍ोपनर रोहित शर्मा र हार्दिक पाण्ड्याले समान २८ रन थपे। अक्षर पटेल २७ रन बनाउँदा बोल्ड आउट भए। 

युएईको दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलिया ३ बल अगावै २ सय ६४ बनाउँदा आलआउट भयो। 

कप्तान स्टेभन स्मिथले बनाएको ७३ रन नै अष्ट्रेलियाका लागि सर्वाधिक रह्यो। एलेक्स केरीले ६१ रन थपे। ट्राभिस हेडले ३९ रन बनाए। 

भारतका लागि मोहम्मद सामीले ३ विकेट लिए। वरुण चक्रवती र रविन्द्र जडेजाले समान २ विकेट लिए। हार्दिक पाण्ड्या र अक्षर पटेलको नाममा समान एक विकेट रह्यो। 

भारतले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग युएईमा नै खेल्नेछ। 

दोस्रो सेमिफाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्नेछन्। सो खेल पाकिस्तानको लाहोरमा दिउँसो पौने ३ बजे सुरु हुनेछ। 

फाइनल खेल आइतबार दुवैमा हुनेछ। च्याम्पियन्स ट्रफीका लागि भारत पाकिस्तान जना अस्विकार गरेपछि भारतले खेल्ने सबै खेल युएईमा हुने यसअघि नै निर्णय भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad