खेल


फुटबल प्रशिक्षक श्रेष्ठको निधन

फुटबल प्रशिक्षक श्रेष्ठको निधन

नेपालखबर
फागुन ११, २०८१ आइतबार १३:११, काठमाडौँ

पूर्वफुटबलर तथा प्रशिक्षक हरि ओम श्रेष्ठको निधन भएको छ। ५६ वर्षका श्रेष्ठको आइतबार बिहान हृदयघातका कारण मृत्यु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। 

केहीदिन अघि धरानमा भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो। एनआरटीको मुख्य प्रशिक्षक रहेर श्रेष्ठ धरान पुगेका थिए। सुरुवाती उपचार धरानमा गरेर उनलाई काठमाडौँ ल्याइएको थियो। काठमाडौँको गंगालाल हृदय रोग केन्द्रमा उपचारपछि उनलाई शुक्रबार डिस्चार्ज गरिएको थियो। 

तर शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचारको क्रममा नै उनको निधन भएको एन्फाले बताएको छ।  उनको आजै अन्तिम संस्कार गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad