नेपाल सुपर लिग (एनएसएल) क्लब झापा एफसीले तेस्रो संस्करणका लागि नयाँ लोगो सार्वजनिक गरेको छ।
झापाले गाढा निलो सतहमा राखेर नयाँ लोगो सार्वजनिक गरेको हो। यो लोगोले क्लबको महत्व विरासत र लक्ष्यलाई दर्शाएको क्लबले जनाएको छ।
क्लबले नयाँ लोगोसँगै छिरिङ लामालाई क्लबमा नै राख्ने निर्णय गरेको छ।
ए श्रेणीका खेलाडी छिरिङको प्रर्दशनले क्लबको प्रर्दशन र स्तर अझै बलियो हुने भन्दै उनलाई रिटेन गरेको हो।
एनएसएलको तेस्रो संस्करण चैत १६ गतेदेखि सुरु हुँदैछ। खेलाडीको अक्सन भने भोलि शनिबार हुदैछ।
24
Shares

प्रतिक्रिया