खेल


यूईएफए च्याम्पियन्स लिग: यी चार टोली पुगे अन्तिम १६ मा

यूईएफए च्याम्पियन्स लिग: यी चार टोली पुगे अन्तिम १६ मा

नेपालखबर
फागुन ७, २०८१ बुधबार ५:५४, काठमाडौँ

बायर्न म्युनिख, बेन्फिका, क्बल ब्रुग र फियोनोर्ड यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन्। 

मंगलबार राति भएको नकआउट चरणको प्लेअफ अन्तर्गत दोस्रो लेगमा बायर्न म्युनिखले सेल्टिकसँग १–१ को बराबरी गर्दै नकआउट चरणमा पुगेको हो। 

बायर्नले समग्रमा ३–२ को नजिता हात पार्यो। पहिलो हाफको ३५ औँ मिनेटमा पछि परेको बायर्नले उत्कृष्ट पूनरागन गर्दै अन्तिम १६ मा स्थान स्थान बनाएको हो। 

निकोलस कुनको गोलमा सेल्टिकले खेलमा सुरुवाती अग्रता बनाएको थियो। तर त्यसलाई खेलको अन्तिम समयमा गुमाउँदा नकआउट चरणको नजिक पुगेर पनि टाढियो।

खेलको इन्ज्युरी समयको चौथो मिनेटमा अल्फोन्जो डाभिजको गोलमा बायर्नले खेललाई बराबरीमा ल्याएको थियो। 

गएराति कै अर्को खेलमा क्लब ब्रुगले एटलान्टालाई ३–१ हराउँदा समग्रमा ५–२ को नतिजा हात पार्यो। 

मोनाकोले भने बेन्फिकासँग दोस्रो लेगमा ३–३ बराबरी गरेपनि नकआउट चरणमा पुग्न सकेन। बेन्फिकाले समग्रमा ४–३ को नतिजा निकालेको हो। 

गएरातिका सबै खेलमा संघर्षपूर्ण नतिजा निकाल्दै टोलीहरुले अन्तिम १६ को यात्रा तय गरे। फियनोर्डले एसी मिलानसँग १–१ को बराबरी गर्दा समग्रमा २–१ को नतिजा हात पार्दै  च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad