खेल


पोखरा थन्डर्सको कप्तानमा आयुष घलान

पोखरा थन्डर्सको कप्तानमा आयुष घलान

नेपालखबर
फागुन ५, २०८१ सोमबार १५:२, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले आयुष घलानलाई कप्तानको जिम्मेवारी दिएको छ।

अघिल्लो सिजन पोखराका लागि उत्कृष्ट प्रदर्शन गरेका आयुषले यो सिजन पोखराको कप्तानी सम्हाल्ने भएका हुन्।

एनएसएलको पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट पोखरामा अनुबन्ध भएका आयुषले तेस्रो सिजनमा टोलीको कप्तनी जिम्मेवारी पाएका हुन्। उनी दोस्रो सिजन टोलीको मार्की खेलाडी रहेका थिए।

उनलाई क्लबका तथा निर्देशक जामलिङ घलेले कप्तानको जिम्मेवारी सुम्पेका हुन्।

टोलीको कप्तानी जिम्मेवारी पाएपछि आयुषले भने,‘मलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिएकोमा पोखरा थन्डर्सलाई धन्यवाद। मैले पोखरालाई सफलता दिलाउन भरपुर मेहनत गर्नेछु।’

पोखराले यसअघि टोलीको प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुत्त गरेको थियो।

पोखराले यो सिजनको मार्की खेलाडी मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad