अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल खेल्न नेपाली राष्ट्रिय टोलीकी प्रमुख फर्वाड सावित्रा भण्डारी साम्बा काठमााडौँ आइपुगेकी छन्। सोमबार बिहान उनी एयर इण्डियाबाट काठमाडौँ फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ।
फ्रान्समा व्यवसायीक फुटबल खेलिरहेकी साम्बा फिफा विन्डोमा हुन लागेको च्याम्पियन सिपका बाँकी खेलमा उपलब्ध हुनेछिन्।
सोमबार नै पहिलो खेलमा किर्गिस्तानविरुद्ध भने उनी टोलीमा नहुने नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए। आज मात्रै आइपुगेकाले उनलाई विश्राम दिने तामाङको भनाइ छ।
दशरथ रंगशालामा साँझ ६ बजे किर्गिस्तानसँग भिड्दा नेपाली टोलीको फ्रन्टलाइन रेखा पौडेलले सम्हाल्नेछिन्। यूएईबाट व्यवासायिक फुटबल खेलिरहेकी उनी २ दिन अघिनै फर्किइसकेकी छन्।
त्यसअघि २ बजे म्यानमार र लेबनान भिड्नेछन्। च्याम्पियनसिपमा नेपाल र किर्गिस्तानसँगै म्यानमार र लेबनान सहभागी हुनेछन्। चार टोली राउण्डरोविनका आधारमा खेलेपछि शीर्ष दुई टोलीले फााइनलमा प्रतिस्पर्धा गर्नेछन्।
Shares

प्रतिक्रिया