खेल


नेपाली प्रशिक्षक भन्छन्– भोलि किर्गिस्तानको काउन्टर अट्याक खतरा हुन सक्छ

नेपाली प्रशिक्षक भन्छन्– भोलि किर्गिस्तानको काउन्टर अट्याक खतरा हुन सक्छ

नेपालखबर
फागुन ४, २०८१ आइतबार २१:२०, काठमाडौँ

सोमबार सुरु हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानको सामना गर्दै छ।

नेपाल र किर्गिस्तान ६ वर्षपछि भिड्न लागेका हुन्। 

किर्गिस्तानलाई आफूले बलियो प्रतिस्पर्धीको रूपमा लिएको नेपाली महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए। 

‘६ वर्षपहिले खेल्दा हामीले ८–२ अन्तरमा जितेका थियौँ। तर त्यतिबेला र अहिले किर्गिस्तानको खेलमा धेरै फरक छ,’ खेलअघिको पत्रकार सम्मेलनमा तामाङले भने, ‘उनीहरूको तयारी राम्रो छ। ६ वर्षमा राम्रो प्रगति भएको देखिएको छ त्यहाँ। त्यही भएर ६ वर्षअघिको टिमलाई हेरेर हुँदैन। अहिलेको टिमसँग खेल्दा सोही अनुसारको प्लान बनाएर खेल्नुपर्छ। सजिलै सकिन्छ भनेर ढुक्कले बस्ने कुरा हुँदैन।’

नेपालको बलियो पक्ष नै फर्वार्ड लाइन रहेको उनले दाबी गरे।

तर, किर्गिस्तानविरुद्धको खेलमा भने सावित्रा भण्डारी उपलब्ध हुने छैनन्। फ्रान्सबाट सोमबार बिहान नेपाल आइपुग्ने तर उनी भोलिको खेलमा उपलब्ध नहुने तामाङले बताए।

यूएईबाट व्यावसायिक फुटबल खेलिरहेकी रेखा पौडेल भने यसअघि नै नेपाल आइसकेकी छन्। उनी टोलीसँग प्रशिक्षणमा पनि सामेल भइसकेकी छन्। 

‘हामीसँग बलियो पक्ष भनेको स्टाइकरहरू राम्रा छन्,’ तामाङले भने, ‘हामीले अहिलेदेखि नै काउण्टर अट्याकको डर मान्नुपर्छ र त्यसै अनुसारको योजना बनाउनुपर्छ। हामीलाई गाह्रो पार्न सक्छ किर्गिस्तानले तर खेल चाहिँ हामी नै जित्छौँ।’

भर्खरै महिला लिग भएका कारण खेलाडीको फिटनेसमा धेरै काम गर्नु नपरेको उनले बताए।

‘सबै खेलाडी फिट नै थिए। अलिक टेक्निकमा मात्रै काम गर्नु पर्‍यो,’ उनले पत्रकारमाझ भने। 

फागुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र किर्गिस्तानसँगै, म्यानमार र लेबनानले पनि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad