चिनियाँ नयाँ वर्षको अवसरमा काठमाडौँमा भएको मैत्रीपूर्ण फुटबलमा नेपाली युवा टोली पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको मैत्रीपूर्ण खेलमा चीनको युनान युवा फुटबल टोलीसँग नेपाली युवा टोली २–० को गोल अन्तरले पराजित भएको हो।
खेलको पहिलो हाफमा नै १–० ले पछि परेको नेपाली युवा टोलीले दोस्रो हाफमा थप १ गोल खायो।
पहिलो हाफको २० औँ मिनेटमा मेनगुई यो को गोलमा चिनियाँ टोलीले सुरुवाती अग्रता बनाएको थियो।
खेलको ७८ औँ मिनेटमा विनहान वाङ को गोलमा चिनियाँ टोलीले २–० को अग्रता बनायो।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपाली टोलीले हार व्यहोर्न बाध्य भयो।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल आयोजना भएको हो।
108
Shares

प्रतिक्रिया