खेल


अर्थ मन्त्रालयबाट स्वीकृत भएन दसौँ खेलकुद सञ्चालन निर्देशिका र आर्थिक कार्यविधि

अर्थ मन्त्रालयबाट स्वीकृत भएन दसौँ खेलकुद सञ्चालन निर्देशिका र आर्थिक कार्यविधि

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १४:१३, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दसौँ खेलकुद सञ्चालन निर्देशिका र आर्थिक कार्यविधि अर्थ मन्त्रालयबाट समयमा नै स्वीकृति हुन नसक्दा दसौँ राष्ट्रिय खेलकुद आयोजनाको प्रक्रिया अगाडि बढ्न नसकेको बताएका छन्।  

शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा खेलकुदमन्त्री चौधरीले ऐन र कानुनको पालनासँगै प्रशासनिक समस्याका कारण खेलकुद आयोजना समयमा नै गर्न नसकिएको बताएका हुन्। 

मन्त्री चौधरीले खेलकुद आयोजनाका लागि प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीसँग आफूले पटकपटक ताकेता गरेको स्मरण गर्दै प्रशासनिक काममा यो पुगेन, त्यो पुगेन भन्ने जवाफ आउने गरेको दुखेसो गरे।

प्रशासनिक कामको प्रक्रियागत ढिलाइले पनि समस्या भएको उनको भनाइ छ।
मन्त्री चौधरीले ऐन र कानुनअनुरूप वर्तमान नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ चल्न नसक्दा विवाद सिर्जना भएको उनको दाबी छ।  

अदालतको आदेश विपरीत विधान संशोधन गर्दै निर्वाचन गराएपछि र २७ मध्ये १० वटा संघले निर्वाचन बहिष्कार भएसँगै विवाद बढेको उनले बताए।  

मन्त्री चौधरीले ५ देखि १० वर्षसम्म खेल संघमा निर्वाचन नगर्ने खेल संघको परिपाटी रहेको पनि खुलासा गरे। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले पनि एनओसीलाई पनि मान्यता नदिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad