खेल


नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य

नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य

नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ (क्यान)


नेपालखबर
माघ २३, २०८१ बुधबार १३:३५, काठमाडौँ

महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूजा महतोको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा १४५ रन बनाएको हो।

पूजाले नटआउट ६२ रन बनाइन्। ५१ बलको सामना गर्दा उनले ५ चौका प्रहार गरिन्। कविता जोशी ६ बलमा ७ रन बनाउँदै नटआउट रहिन्। उनले एक छक्का प्रहार गरिन्।

नेपालका लागि ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भए। त्यसपछि कप्तान इन्दु बर्मा ३९ रनको योगदान गर्दै पेबेलियन फर्किइन्। 

इन्दुले ३७ बलमा ५ चौका प्रहार गरिन्। रुविना क्षेत्रीले १७ बलमा तीन चौका प्रहार गर्दै २० रनको योगदान दिइन्।

नेदरल्यान्ड्सकी आइरिस ज्विलिङले २ विकेट लिँदा क्यारोलिन डे लैंग र हेदर सिजर्सले समान एक विकेट हात पारे। 

नेदरल्यान्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ। यसअघि नेदरल्यान्ड्स र थाइल्यान्डसँग नेपाल समान दुई खेलमा पराजित भएको छ। अन्तिम खेल नेपालले थाइल्यान्डसँग खेल्नेछ।

नेदरल्यान्ड्सविरुद्ध पूजाको अर्धशतक 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad