इंग्लिस प्रिमियर लिगमा एमाड डियालोले ह्याट्रिक गर्दा म्याचेस्टर युनाइटेडले सहज जित हात पारेको छ।
घरेलु मैदानमा युनाइटेडले साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको हो।
खेलको अन्त्यतिर डियालोले ह्याट्रिक पूरा गरे। खेलको सुरुवातमै पछि परेको युनाइटेडका लागि अन्तिम १२ मिनेट सुखद रह्यो। अन्तिम समयको १२ मिनेटमा डियालोले ह्याट्रिक गर्दै युनाइटेडलाई महत्वपूर्ण ३ अंक दिलाए।
त्यसअघि ४२ औं मिनेटमा युनाइटेडका म्यानुअल उगार्टेको आत्मघाती गोलमा साउथह्याम्पटनले अग्रता लिएको थियो।
डियालोले ८२ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई बराबरीमा फर्काए। ९० औं दोस्रो गोल गरेका डियालोले इन्ज्युरी समयको पहिलो चौथो मिनेटमा ह्याट्रिक पूरा गरे।
जितसँगै युनाइटेडले २१ खेलमा २६ अंक जोडेको छ। युनाइटेड १२औं स्थानमा उक्लिँदा साउथह्याम्पटन ६ अंकसहित तालिकाको अन्तिममा छ। लिभरपुल २० खेलबाट ४७ अंकसहित उपाधि होडमा बलियो देखिएको छ।
Shares

प्रतिक्रिया