मुलपानी क्रिकेट मैदानमा सायम प्रिमियर लिगको पाँचौं संस्करण फागुनको अन्तिम साता हुने भएको छ। ४ टिम सहभागी हुने क्रिकेट लिगमा सायममा अध्ययनरत बीबीए, बीसीएसआईटी र एमबीएका विद्यार्थीहरू रहने छन्।
‘१५-१५ ओभरको हुने खेल सञ्चालन खर्च करिब १० लाख रुपैयाँ हुने छ। लिग व्यवस्थापन विद्यार्थीले नै गर्नेछन्,’ सायमका प्रिन्सिपल अशोकराज पाण्डेले भने, ‘विद्यार्थीहरुलाई जिम्मेवारीबोध गराउने उद्देश्यले प्रतियोगिता व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरुलाईनै सुम्पिएका छौँ।’
एक टिम खरिद गर्न अधिक्तम १ लाख खर्च हुने बताइएको छ। खेलाडीलाई २ समूहमा वर्गीकरण गरिएको छ। ग्रेड ‘ए’ का खेलाडीका लागि न्यूनतम ५ हजारदेखि अधिक्तम २५ हजार रुपैयाँ मूल्य र ग्रेड ‘बी’ का खेलाडीको मूल्य न्यूनतम ५ हजारदेखि अधिक्तम १५ हजार रुपैयाँ निर्धारण गरिएको बताइएको छ।
१२ खेलाडी नै एउटा टिमले किन्नु पर्नेछ। मार्की खेलाडी पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ। सायम सुपर किङ्समा दिनेश बोहरा, सायम च्यालेन्जर्समा अभिषेक भण्डारी, सायम ब्लास्टर्समा रोहित पोदार र सायम नाइट राइडर्समा श्रृजलराज शर्मा मार्की खेलाडी छन्।
सायम च्यालेन्जर्स पहिलो र तेस्रो संस्करणको उपाधि विजेता हो। दोस्रो र चौथो संस्करणका च्याम्पियन क्रमसः सायम सुपर किङ्स र सायम ब्लास्टर्स हुन्।
Shares

प्रतिक्रिया