नेपाल प्रिमियर लिगमा कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले सामान्य सुरुवात गरेको छ।
६ ओभरमा ३ विकेट गुमाएको जनकपुरले ३ विकेटको क्षतिमा २६ रन बनाएको छ। यति नै ओभरमा कर्णाली याक्सले भने २ विकेटको क्षतिमा ४४ रन बनाएको थियो। तर अन्तिममा रन बनाउन नसक्दा कर्णाली सामान्य लक्ष्यमा समेटिएको थियो।
जनकपुरका ओपनर शुभ कंसकार ३ रन जोडेर आउट भएका हुन्। उनलाई बिपिन शर्माको दोस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले क्याच आउट गरे।
तेस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले आशिफ शेखलाई पनि आउट गरे। आसिफले ६ बलमा ४ रन मात्रै बनाए।
लाहिरु मिलान्था पनि २ रनमै आउट भए। पाँचौ ओभरको दोस्रो बलमा उनलाई विलियम बोसिस्टोले आउट गरेका थिए।
पहिले ब्याटिङ गरेको कर्णालीले ११९ रनको लक्ष्य दिएको छ।
294
Shares

प्रतिक्रिया