खेल


जनकपुरलाई काठमान्डुले दियो १०२ रनको सामान्य लक्ष्य

जनकपुरलाई काठमान्डुले दियो १०२ रनको सामान्य लक्ष्य

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १४:२३, काठमाडौँ

जनकपुर बोल्ट्सले जितका लागि १०२ रनको सामान्य लक्ष्य पाएको छ।

जनकपुर बोल्ट्सले जितका लागि १०२ रनको सामान्य लक्ष्य पाएको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु गुर्खाज १९.३ ओभरमै १०१ रनमा अलआउट भएको हो। 

सस्तैमा समेटिने क्रममा काठमान्डुले लगातार विकेट गुमायो। 

काठमान्डुका लागि स्टेफेन एस्किनाजी १७, माइकेल लेविट ८, भीम सार्की ४, जेरार्ड इरासमस २०, सुमित महर्जन ०, रशिद खान ७, डान डाउथवेट १, प्रतीक श्रेष्ठ ६, करण केसी १९ र दीपेश कँडेल ० रनमा आउट भए। 

नटआउट रहेका साहव आलमले ८ रन जोडे भने जनकपुरले ११ अतिरिक्त रन दियो। 

बलिङतर्फ जनकपुरका किशोर महतोले १ विकेट लिँदा ललित राजवंशीको नाममा ३ विकेट रह्यो। यसबाहेक जिम्मी निशम विकेटविहीन हुँदा मोहम्मद मोहसिनले २, अरनिको यादवले १ र शेर मल्लले ३ विकेट लिए। 

१०२ रनको लक्ष्य पाएको जनकपुरले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ। 

तस्बिर
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad