काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (आइतबार) पनि दुई खेल हुँदै छन्।
सदाझैँ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे पहिलो खेल र दिउँसो १ बजे दोस्रो खेल सुरु हुनेछन्।
आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन्।
तीन खेल सकिँदासम्म जनकपुर अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको हो।
उता लुम्बिनीले भने अहिलेसम्म एउटा पनि खेल जितेको छैन। लुम्बिनी यसअघि विराटनगर, पोखरा र सुदूपश्चिमसँग खेलेका तीनै खेलमा पराजित भएको हो।
आजको दोस्रो खेलमा भिड्न लागेको सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको छ।
आज उसको प्रतिस्पर्धी चितवन राइनोजले तीन खेलमध्ये दुईमा जित हासिल गरेको छ। चितवनले यसअघि काठमान्डु र पोखरालाई हराएको हो भने कर्णालीसँग भने हार भोग्यो।
शनिबारका खेलः
Shares

प्रतिक्रिया