खेल


पोखराका आन्द्रेसले हाने एनपीएलकै छिटो अर्धशतक

पोखराका आन्द्रेसले हाने एनपीएलकै छिटो अर्धशतक

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १५:२८, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका अ‍ोपनर आन्द्रेस गाउसले अर्धशतक पूरा गरेका छन्।

उनले २० बलमा ५ चौका र ६ छक्का सहयोगमा अर्धशतक पूरा गरे। जारी एनपीएलमा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने उनी पहिलो खेलाडी हुन्। 

लुम्बिनीले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको पोखराले १० ओभरको खेल जारी रहँदा विना विकेटको क्षतिमा ११५ रन बनाएर खेलिरहेको छ। 

ओपनर आन्द्रेस गाउस ६५ र दिनेश खरेल ४२ रनमा अविजित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad