नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँ गुर्खाजले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्ने भएको हो।
एनपीएलको दुई खेलमध्य एक खेलमा जित र १ खेलमा हार भोगेको काठमाडौँ दोस्रो जितको खोजीमा छ।
काठमाडौँ पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने बुधबार मात्रै कर्णाली याक्सलाई ३ विकेटले हराएको थियो।
सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रले हराउँदै एनपीएलमा सुखद सुरुवात गरेको छ । सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ।
171
Shares

प्रतिक्रिया