नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम विराटनगर किङ्सका तीन विदेशी खेलाडी काठमाडौँ आइपुगेका छन्। बिहीबार साँझ ओमानका अकिब इल्यास पनि काठमाडौँ आइपुगेको विराटनगर किङ्सका टिम म्यानेजर विजय कुमार धितालले बताए।
यसअघि दिउँसो न्युजिल्यान्डका मार्टिन गप्टिल र बुधबार क्यानडाका निकोलस किर्टोन आइपुगेका थिए। अझै दुई खेलाडी आइपुग्न बाँकी छ।
स्कटल्यान्डका क्रिस सोल र आफगानिस्थानका इस्मत आलम पनि बिहीबार रातिसम्ममा नेपाल आइसक्ने विराटनगर किङ्सले जनाएको छ।
सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरले शनिबार हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग खेल्दैछ।
विराटनगरको टिममा प्रतिस जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ र अनिल खरेल रहेका छन्।
Shares

प्रतिक्रिया