खेल


यू–१९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम र लुम्बिनीबीच उपाधि भिडन्त

यू–१९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम र लुम्बिनीबीच उपाधि भिडन्त

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार २०:१३, काठमाडौँ

विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाईवाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार मधेश र कर्णाली प्रदेशले विजयी भएका छन्।

विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले बागमती प्रदेशलाई २० रनले पराजित गरेको छ।

टस जितेर ब्याटिङ गरेको कर्णाली २०.५ ओभरमा सवै विकेट गुमाई ७५ रनमा सिमित भयो। कर्णालीका विजय बोहोराले १६ रन बनाउँदा कमल विष्टले १५ रनको योगदान दिए।

बागमतीका दिनेश विष्टले ५ विकेट लिए। उनले ३.५ ओभरमा २ मेडन राख्दै ६ रन मात्र दिए। त्यस्तै दयानन्द मण्डलले ३ विकेट र दिपक सेरलाले २ विकेट लिए।

७६ रनको विजयी लक्ष्य पाएको बागमतीले १८ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ५५ रनमा सिमित हुन पुग्यो। बागगमतीका रोशन विश्वकर्माले १३ रन बनाउँदा उत्तम मगरले १० रनको योगदान दिए।

आजै बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको रोमाञ्चक खेलमा मधेशले लुम्बिनीलाई १ विकेटले पराजित गरेको छ।

यस खेल भन्दा अगाडि प्रतियोगितामा लुम्बिनी एक मात्र अपराजित टोली रहेको थियो।

टस जितेर ब्याटिङ गरेको लुम्विनीले निर्धारित ५० ओभरको खेलमा २० ओभरमा सबै विकेट गुमाई ७० रनको योगफल बनायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad