खेल


इंग्लिस क्रिकेटर सेफ जेब सुदूरपश्चिम रोयल्समा अनुबन्ध

इंग्लिस क्रिकेटर सेफ जेब सुदूरपश्चिम रोयल्समा अनुबन्ध

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार ११:१४, काठमाडौँ

इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको छ।

२६ वर्षीय बायाँहाते अलराउन्डरसँग काउन्टी क्रिकेटको भरपूर अनुभव छ। गत महिना सम्पन्न इंग्ल्यान्डको टी-२० घरेलु प्रतियोगितामा नर्थान्ट्सबाट खेलेका सेफले काउन्टीको दोस्रो श्रेणीमा पनि नियमित खेलिरहेका छन्।

सन् २०१५ मा १६ वर्षकै उमेरमा पहिलो श्रेणी क्रिकेटमा डेब्यु गरेका उनले इंग्ल्यान्डका लागि उमेर समूह क्रिकेट पनि खेले। 

टी-२० करिअरमा १ सय ४० भन्दा माथिको स्ट्राइक रेटमा १२ सय रन जोडेका उनले पार्ट टाइम बलिङ गर्दै ३३ को औसतमा १२ विकेट लिएका छन्।

रोयल्सले यसअघि पहिलो विदेशी खेलाडीका रूपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरिसकेको छ।

त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्वक्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा छन्। 

दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोली सहभागी हुने एनपीएल मंसिर १६ गते सुरु हुँदै छ। 

सुदूरपश्चिम रोयल्सका अनुसार उसको टोलीमा- दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुनकुमाल,  खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन र सेफ अलि जेब छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad