खेल


टमस टुचेल नियुक्त भए इंग्ल्यान्डको फुटबल प्रशिक्षक

टमस टुचेल नियुक्त भए इंग्ल्यान्डको फुटबल प्रशिक्षक

टमस टुचेल (Getty Images/BBC)


नेपालखबर
असोज ३०, २०८१ बुधबार १६:३, काठमाडौँ

आगामी जनवरी १ देखि लागू हुने गरी टमस टुचेल इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन्। 

१८ महिनाको लागि सम्झौता गरेका ५१ वर्षीय टुचेल तेस्रो गैरबेलायती स्थायी व्यवस्थापक बनेका हुन्। यसअघि भन गोरन एरिक्सन र फाबियो कपेलो गैरबेलायती प्रशिक्षक रहेका थिए। 

जुलाईमा ग्यारेथ साउदीगेटले युरो २०२४ को फाइनलमा स्पेनसँग पराजित भएपछि राजीनामा दिएका थिए। त्यसयता ली कार्स्लेले अगस्टयता अन्तरिम प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन्।

नेसन्स लिगका ग्रिस र रिपबिलक अफ आयरल्यान्डसँग हुने अर्को महिनाको खेल पनि कार्स्लेले नै हेर्नेछन्। 

यता टुचेल भने इंग्लिस प्रिमियर लिगका चर्चित प्रशिक्षक हुन्। उनले चेल्सीको प्रशिक्षण जिम्मेवारी सम्हालिसकेका छन् भने गत सिजनमा जर्मन जायन्ट बायर्न म्युनिखको प्रशिक्षकत्व सम्हालेका थिए। 

इंग्ल्यान्डको प्रशिक्षक बनेसँगै टुचेलले टोलीको नेतृत्वको जिम्मेवारी पाउँदा खुसी लागेको प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad