खेल


नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई

नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई

नेपालखबर
असोज २६, २०८१ शनिबार २१:१९, काठमाडौँ

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ।

श्रीलङ्काको कोलम्बोमा आज सम्पन्न फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो। खेलको सुरुवाती पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुग्यो। खेलको दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो तथा अन्तिम  सेटमा नेपाल २५–२० ले पराजित बन्यो।

समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराउदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो। त्यसैगरी नेपालले समूह चरणमा श्रीलङ्का, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो।

श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए =। प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad