ad ad

खेल


काभा महिला भलिबलमा उपविजेता बनेका खेलाडीलाई आज प्रधानमन्त्रीले ३ लाख नगदसहित सम्मान गर्ने

काभा महिला भलिबलमा उपविजेता बनेका खेलाडीलाई आज प्रधानमन्त्रीले ३ लाख नगदसहित सम्मान गर्ने

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८१ बिहिबार ८:३२, काठमाडौँ

सरकारले काभा महिला भलिबल लिगमा उपविजेता बनेको नेपाली खेलाडीलाई आज नगदसहित सम्मान गर्दैछ। 

मंगलबार बिहान ९ बजे बालुवाटारमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

गएको साउन ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले काभा भलिबलमा उपविजेता बनेका खेलाडीलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको थियो। 

आज १४ जना खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँका दरले प्रधानमन्त्रीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नेछन्। 

सरकारले नेपाली टोलीका मुख्य प्रशिक्षक १ जनालाई दुई लाख, व्यवस्थापक , प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार तथा सम्मान वितरण गर्ने निर्णय गरेको छ। 

साउन १७ गते देखि २३ गतेसम्म भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलङ्काका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो। यस्तै सेमिफाइनलमा इरानलाई हराएको नेपाल फाइनलमा भारतसँग ३–२ ले पराजित भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .