काभा महिला नेसन्स कपको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार भएको पहिलो खेलमा मालदिभ्स श्रीलंकासँग सोझो सेटमा पराजित भएपछि लिगको सेमिफाइनल समीकरण पूरा भएको हो।
लिगमा लगातार तीन खेलमा पराजित हुँदै अंकविहीन रहेको मालदिभ्स सेमिफाइनलको दौडबाट बाहिरियो। लिगमा पहिलो जित निकाल्दै श्रीलंकाले अन्तिम चारको यात्रा तय गर्यो।
लिगमा नेपालसहित भारत, इरान र श्रीलंका अन्तिम चारमा पुगेका छन्।
लिग चरणको अन्तिम खेलमा सोमबार भारत र श्रीलंका तथा नेपाल र मालदिभ्स भिड्नेछन्।
पहिलो खेलमा दिउँसो ३ बजेपछि सुरु हुनेछ। नेपाल र मालदिभ्स सवा ५ बजे सुरु हुनेछ। यो खेलपछि सेमिफाइनमा भिड्ने टोलीको टुङ्गो लाग्नेछ।
समान ७ अंक भएको भारत शीर्ष र इरान दोस्रो स्थानमा छ। ६ अंक भएको नेपाल तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको श्रीलंकाको ४ अंक छ।
लिगको शीर्ष र चौथो स्थानमा रहने टोली तथा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच सेमिफाइनल खेल हुनेछ।
Shares
प्रतिक्रिया