ad ad

खेल


ओलम्पिक फुटबलमा बबाल, २ घण्टापछि गोल रद्द हुँदा अर्जेन्टिनाको हार

ओलम्पिक फुटबलमा बबाल, २ घण्टापछि गोल रद्द हुँदा अर्जेन्टिनाको हार

नेपालखबर
साउन १०, २०८१ बिहिबार ११:४८, काठमाडौँ

पेरिस ओलम्पिकको पहिलो फुटबल खेलमा मोरक्कोले अर्जेन्टिनालाई हरायो। तर तर यो खेल अर्काे कारणले चर्चामा छ।

मोरक्को र अर्जेन्टिनाका फ्यानबीच भएको तनाव र होलहल्लाका कारण झन्डै दुई घण्टा स्थगन गर्नुपर्‍यो। 

उक्त खेलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ ले हरायो। तर मोरक्कोको यो जित विवादास्पद रहेको बताइएको छ।

खेलको अन्त्यतिर मोरक्को २–१ ले अगाडि थियो। दोस्रो हाफको अन्त्यमा १५ मिनेटको इन्जुरी टाइमको १६औँ मिनेटमा अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए। 

मेडिनाले बराबरी गोल गरेपछि खुसी मनाउँदै अर्जेन्टिनाको टोलीमाथि बोतल र कप प्रहार गरियो। फ्याँकिएका केही बोतल खेलाडी र कर्मचारीको नजिकै खसे। 

मोरक्को रङको जर्सी लगाएका केही दर्शक पिचतर्फ दौडिरहेको देखिए, जसलाई मैदानबाट बाहिर निकालियो। प्रहरी पुगेपछि रेफ्रीले खेलाडीलाई पनि मैदानबाट बाहिर निकालेका थिए।

दर्शकको कोलाहल र अराजकताका कारण करिब २ घण्टा खेल रोकियो। गोलको जाँच गर्दा अफसाइडका कारण गोल रद्द हुन पुग्यो। त्यसपछि खेलाइएको अन्तिम ३ मिनेटमा अर्जेन्टिनाले गोल गर्न नसकेपछि मोरक्को २–१ ले खेल जित्न सफल भयो।

मोरक्कोका लागि दुवै गोल सोफियान रहिमीले गरेका थिए।

रहिमीले हाफ टाइमअघि पहिलो र दोस्रो हाफको सुरुमै पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .