ad ad

खेल


विश्वकप टी २० फाइनलः भारतलाई पाँचौँ सफलता, हार्दिकले दिलाए विकेट

विश्वकप टी २० फाइनलः भारतलाई पाँचौँ सफलता, हार्दिकले दिलाए विकेट

नेपालखबर
असार १५, २०८१ शनिबार २३:२१, काठमाडौँ

आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध दक्षिण अफ्रिकाले पाचौँ विकेट गुमाएको छ। 

भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ औँ ओभरको खेल जारी रहँदा ५ विकेटको क्षतिमा १ सय ५१  रन बनाएर खेलिरहेको छ। 

पाचौँ विकेटका लागि हेनरिक क्लासेन र डेभिड मिलरले ४५ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाको इनिङस उकासेका थिए। २७ बलमा २ चौका र ५ छक्का हान्दै ५२ रन बनाएका क्लासेन हार्दिक पाड्याको बलमा विकेट किपरको हातबाट आउट भए। 

ओपनर क्वीन्टन डी कक ३१ बलमा ४ चौका र १ छक्का सहयोगमा ३९ रन बनाउँदा अर्षदिप सिंहको बलमा कुलदिप यादवको हातबाट क्याच आउट भए। 

नवौँ ओभरको पाचौँ बलमा ट्रिष्टन स्टुब ३१ रन बनाउँदा अक्षर पटेलको बलमा बोल्ड आउट भए। दोस्रो विकेटका रुपमा तेस्रो ओभरको तेस्रो बलमा कप्तान एडेन मारक्रमलाई ४ रनमा गुमाएको थियो। पहिलो विकेटका रुपमा दक्षिण अफ्रिकाले दोस्रो ओभरको तेस्रो बलमा ओपनर रिजा हेनड्रिकलाई ४ रनमा गुमाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .