ad ad

खेल


न्युयोर्क स्टेडियमको पहिलो खेलअघि कडा सुरक्षा, स्नाइपर तैनाथ

न्युयोर्क स्टेडियमको पहिलो खेलअघि कडा सुरक्षा, स्नाइपर तैनाथ

नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम। तस्बिर : गेट्टी इमेज


नेपालखबर
जेठ २१, २०८१ सोमबार १६:०, काठमाडौँ

अमेरिकी सहर न्युयोर्कस्थित अस्थायी रंगशालामा विश्वकपको पहिलो खेलअघि सुरक्षा व्यवस्था कडा पारिएको छ। 

बीबीसीका अनुसार ग्राउन्डकै गोप्य भागमा प्रहरीका स्नाइपरहरुको उपस्थिति छ। 

३४ हजार अट्ने क्षमताको आइसनआवर पार्कले आज पहिलो खेल आयोजना गर्दै छ। जहाँ दक्षिण अफ्रिका र श्रीलंका भिड्दै छन्। 

नसाउ काउन्टी पोलिस डिपार्टमेन्टले आजदेखि ९ दिनसम्म हुने खेलहरुको लागि सुरक्षाको बन्दोबस्ती मिलाएको बताइएको छ। 

जुन ९ मा त्यही ग्राउन्डमा भारत र पाकिस्तानबीच समेत खेल हुँदै छ। जसलाई प्रतियोगिताकै समूहचरणको उच्च महत्त्वको खेल मानिएको छ। आईएसआईएस ग्रुपलाई समर्थन गर्ने समूहले प्रतियोगितालाई निशाना बनाउने रिपोर्ट आएसँगै उच्च सुरक्षा सतर्कता अपनाइएको छ। 

यसका लागि प्रहरीको स्वाट टिम, विशेषज्ञ स्नाइपरलगायतले निरन्तर निगरानी गर्नेछन्। नासाउको प्रहरी बलले न्युयोर्क प्रहरी विभागसँग समन्वय गरेको छ भने संघीय अनुसन्धान ब्युरो (एफबीआई), होमल्यान्ड सेक्युरिटीलगायतका अन्य सुरक्षा संस्थाहरुबाट पनि सुरक्षाको पक्ष हेरिएको छ। 

पार्क क्षेत्र आठवटा खेल हुने दिन सर्वसाधारणका लागि बन्द गरिनेछ भने खेल हेर्न जानेहरुको कडा जाँच गरिनेछ। विमानस्थलमा हुने जाँच जस्तै फ्यानहरुको सुरक्षा जाँचको व्यवस्था गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .