ad ad

खेल


एसीसी प्रिमियर कप : नेपालसँग कतार ३२ रनले पराजित

एसीसी प्रिमियर कप : नेपालसँग कतार ३२ रनले पराजित

नेपालखबर
बैशाख १, २०८१ शनिबार १९:४०, काठमाडौँ

एसीसी प्रिमियर कप अन्तर्गत शनिबारको कतारविरुद्ध नेपाल ३२ रनले विजयी भएको छ। २११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १७८ रनमात्रै बनाउन सक्यो। 

नेपालका लागि गुल्सन झा, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २÷२ विकेट लिए।

राजवंशीले पहिलो विकेट लिएका थिए। दोस्रो ओभर बलिङ गर्न मैदान छिरेका उनले पहिलो बलमै विकेट लिएका थिए। 

कतारका ओपनर सकलेन अर्शदलाई उनले विवेक यादवको हातबाट क्याचआउट गरे। 

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा भएको खेलमा ऐरीले दोस्रो विकेट लिए। उनले कतारका मोहम्मह अन्नाफलाई आउट गरेका हुन्।

त्यस्तै, गुल्सनले मोहम्मह इर्शदको विकेट लिँदै तेस्रो सफलता दिलाएका थिए।

कतारका लागि कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रन, मोहम्मद अनाफले २३, कमरान खानले १८, अदान मिर्जाले १९, हिमांशु राथोडले २२ रन जोडे।

यद्यपि यो योगफल जितका लागि पर्याप्त भएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .