खेल


आरबीबी–एनभीए भलिबल : महिलातर्फ एपीएफ र पुलिसको विजयी सुरुवात

आरबीबी–एनभीए भलिबल : महिलातर्फ एपीएफ र पुलिसको विजयी सुरुवात

नेपालखबर
चैत ४, २०८० आइतबार १३:२३, काठमाडौँ

साविक विजेता नेपाल पुलिस क्लब र एपीएफ क्लबले काठमाडौँमा जारी आठौं आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेका छन्। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा आइतबार भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० सोझो सेटमा पराजित गरेको हो। 

पुलिसले कर्णालीलाई २५–१२,२५–७ र २५–८ ले पाखा लगायो। 

आजै भएको पहिलो खेलमा एपिएफले मधेश प्रदेशलाई ३–० कै सोझो सेटमा हराएको थियो। 

एपीएफले मधेशलाई २५–८, २५–७,२५–२ ले पराजित गरेको थियो। 

महिलातर्फ समूह ए मा एभरेष्ट क्लब, साविक विजेता पुलिस, त्रिभुवन आर्मी क्लब र कर्णाली छन्। समुह बी मा चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश छन्। 

दुई समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन्। 

च्याम्पियनसिपमा आज पुरुषतर्फका ४ खेल हुनेछन्। 

पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन्। समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन्।

समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब छन् । समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन्। 

प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोली सहभागी छन्। दुवैतर्फका विजेताले ५ लाख, तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .