खेल


त्रिकोणात्मक क्रिकेट शृंखलाः ओमानद्वारा अमेरिकालाई २ सय ७७ रनको लक्ष्य

त्रिकोणात्मक क्रिकेट शृंखलाः ओमानद्वारा अमेरिकालाई २ सय ७७ रनको लक्ष्य

नेपालखबर
माघ २८, २०७६ मंगलबार ८:२१,

कप्तान जिशान मकसुद र उपकप्तान अकीब इलियासको शतक मद्दतमा ओमानले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत पाँचौँ खेलमा अमेरिकालाई २ सय ७७ रनको कीर्तिमानी लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७६ रनको योगफल तयार पारेको थियो। ओमानले ओडीआईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो।

कप्तान जिशान मकसुद १ सय ९ बलमा १० चौका र ४ छक्कासहित १ सय ९ रनमा क्याच आउट भए। जीशान सौरभ नेत्रवालकरको ४७ औं ओभरको चौथो बलमा ठूलो सट खेल्नेक्रममा स्टिभ टेलरबाट क्याच आउट भए। जीशानले १ सय ३ बलमा आफ्नो ओडीआई करिअरको पहिलो शतक पुरा गरेका थिए।

उपकप्तान अकीब इलियासले आफ्नो ओडीआई करिअरको लगातार दोस्रो शतक प्रहार गरे। अकिब १ सय २३ बलम ११ चौका र १ छक्कासहित १ सय ५ रनमा क्याच आउट भए। अकिब सौरभको ४९ औं ओभरको पहिलो बलमा करिमा गोरबाट क्याच आउट भए। अकीबले आफ्नो ओडीआई दोस्रो शतक १ सय १८ बलमा पुरा गरेका थिए।

तेस्रो विकेटका लागि जीशान र अकीबले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेपछि ओमानले विशाल योगफल बनाएको थियो। ओमानबाट पहिलो पटक ओडीआईमा दोहोरो शतकीय साझेदारी भएको हो। यस अघि आइतबार नेपालसँग तेस्रो विकेटका लागि जीशान र अकीबलेनै १ सय ६७ रनको अविजित साझेदारी गरेका थिए। एकै इनिङमा ओमानबाट ओडीआईमा पहिलो पटक दोहोरो शतक बनेको हो।

ओपनर खावर अली १० र जतिन्दर सिंह ९, नसिम खुसी ५ र सुरज कुमार ३ रनमा आउट भए। सन्दीप गौढ १३ र मोहम्मद नदिम २ रनमा अविजित रहे। अमेरिका कप्तान सौरभ नेत्रवालकरले आफ्नो स्पेलमा ३ मेडन राख्दै ३७ रन खर्चेर ३ विकेट लिए । रस्टी थेरनले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .