ad ad

खेल


आहा! रारा पोखरा गोल्डकप: सेमिफाइनलमा भिड्दै थ्री-स्टार र जावालखेल

आहा! रारा पोखरा गोल्डकप: सेमिफाइनलमा भिड्दै थ्री-स्टार र जावालखेल

नेपालखबर
माघ १७, २०८० बुधबार ११:२६, काठमाडौँ

पोखरामा जारी आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज (बुधबार) थ्री-स्टार क्लब र जावालखेल युथ क्लब भिड्दै छन्। 

पोखरा रगंशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।

ललितपुर डर्बीमा हुने खेलमा पाँच पटकको उपाधि विजेता थ्री-स्टार फाइनलमा स्थान पक्का गर्न चाहन्छ। 

जावलाखेल भने थ्री-स्टारलाई हराउँदै फाइनलमा स्थान बनाउन चाहन्छ। 

थ्री-स्टारले क्वार्टरफाइनलमा भुटानको पारो एफसीलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।

उता जावलाखेलले भने सडन डेथमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो। 

यो खेलको विजेताले उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ। 

दोस्रो सेमिफाइनलमा बिहीबार चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। 

आहा रारा पोखरा गोल्डकपको विजेताले उपाधिसहित १२ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।

उपविजेता टोलीले ६ लाख १ हजार रुपैयाँ पाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .