उपाधि दावेदार मानिएको साविक विजेता बायर्न म्युनिख घरेलु मैदानमै वेडर ब्रेमेनसँग पराजित बनेको छ।
जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न घरेलु मैदानमै वेडर ब्रेमेनसँग १–० ले पराजित बनेको हो।
ब्रेमेनका मिचेल वेइसेरले दोस्रो हाफका गरेको गोल नै जितको लागि निर्णायक बन्यो।
खेलको २५ औं मिनेटमा ब्रेमेनका जस्टिनले गोल गरेपनि भिएआरमा गोलको मुभमा फउल देखिएको थियो। यो हारले बायर्नको उपाधि यात्रामा धक्का लागेको छ।
48
Shares
प्रतिक्रिया