ad ad

खेल


सुजनको शतकले टार्न सकेन कोशीको हार, पुलिस ७ विकेटले विजयी

सुजनको शतकले टार्न सकेन कोशीको हार, पुलिस ७ विकेटले विजयी

नेपालखबर
माघ २, २०८० मंगलबार १७:५९, काठमाडौँ

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबसँग कोशी प्रदेश ७ विकेटले पराजित भएको छ। 

सुजन थपलियाको शतकीय योगदानलाई ओझेलमा पार्दै पुलिसले कोशीलाई हराएको हो।

कोशी प्रदेशले प्रतियोगितामा लगातार तेस्रो हार व्यहोरेको हो। लगातारको हारसँगै कोशी प्रदेश अंक तालिकाको पुछारमा छ। 

पुलिस क्लब भने २ खेलबाट चार अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा छ। 

कोशी प्रदेशले दिएको १ सय ६७ रनको लक्ष्य नेपाल पुलिस क्लबले २३.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। 

पुलिसका लागि अर्जुन साउदले ६३ बलमा ५ चौका र २ छक्का हान्दै ६२ रनमा अविजित रहे। १७ बलमा ४ चौका र २ छक्का हानेका कप्तान दिपेन्द्र सिंह ऐरी ३८ रनमा नटआउट रहे। 

ओपनर कुशल भुर्तेलले १२ र सुनिल धमलाले १६ रन बनाए। दिलिप नाथ ३१ रनमा क्याच आउट भए। 

कोशीका लागि कमल खत्रीले २ र सोनु मन्डलले १ विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कोशी प्रदेश ४८.२ ओभरमा १ सय ६६ रन बनाउँदा अलआउट भयो। 

कोशीका लागि सुजन थपलियाले शतक हाने पनि हार टार्न सकेनन्। १ सय २६ बलमा ६ चौका र ८ छक्का हानेका सुजन करण केसीको बलमा क्याच आउट हुन पुगे। 

अभ्यास तिमल्सिना २३ रनमा बोल्ड आउट भए। कप्तान अंकित सुवेदी १० रनमा क्याच आउट भए। अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। 

पुलिस क्लबका लागि करण केसी एक्लैले ३ विकेट लिए। ललित राजवंशी र सुनिल धमालाले समान २ विकेट लिए। रसिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक-एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .