ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमले कर्णालीलाई दियो २७८ रनको विशाल लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमले कर्णालीलाई दियो २७८ रनको विशाल लक्ष्य

नेपालखबर
माघ २, २०८० मंगलबार १३:१९, काठमाडौँ

ओपनर खडक बोहरा र टेक रावतको कीर्तिमानी शतकीय साझेदारीमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशसामु २७८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिकले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ७७ रनको योगफल तयार पारेको हो। 

पहिलो विकेटका लागि बोहोरा र रावतले २८ ओभरमा १ सय ३८ रनको कीर्तिमानी शतकीय साझेदारी गरेका थिए। 

पिएम कपको इतिहासमा पहिलो विकेटका लागि भएको यो सर्वाधिक साझेदारी हो। यसअघि सन् २०१९ मा आर्मीका राजु रिजाल र हरिकृष्ण झाले पहिलो विकेटका लागि कर्णालीविरुद्ध नै १ सय ३२ रनको साझेदारी गरेका थिए। 

सोही समयमा मधेशका हरिशंकर शाह र सन्तोष कार्कीले लुम्बिनी प्रदेशविरुद्ध १ सय ३० रनको साझेदारी गरेका थिए।

ओपनर रावतले ९१ बलमा ७ चौका प्रहार गर्दा ५९ रनमा क्याच आउट हुन पुगे। अर्का ओपनर बोहोरा ४६ औं ओभरमा ८० रन बनाउँदा बोल्ड आउट भए। बोहोराले १ सय १४ बलमा ६ चौका हाने। 

किरण ढुङगाना अर्धशतक पूरा गर्दै पवेलियन फर्के। ३३ बलमा ५ चौका र २ छक्का हान्दा रन आउट भए। 

नरेन भट्ट १५ र कप्तान राजु रिजाल १९ रन बनाउँदा एलबीडब्लु धरापमा परे। नारायण जोशी ३१ र शेर मल्ल शुन्य रनमा नटआउट रहे। 

कर्णालीका लागि दिनेश अधिकारी, युनिस सिहं, प्रकाश जैसी र दिपेन्द्र रावतले समान एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .