खेल


पीडित ‘गौशाला २६’ बालिग ठहर, सन्दीपले तत्काल कैद बस्नु नपर्ने

पीडित ‘गौशाला २६’ बालिग ठहर, सन्दीपले तत्काल कैद बस्नु नपर्ने

फाइल तस्बिर


नेपालखबर
पुस १३, २०८० शुक्रबार १९:३०, काठमाडौँ

बलात्कार मुद्दामा दोषी ठहर भए पनि क्रिकेटर सन्दीप लामिछानेले तत्काल कैद बस्नु नपर्ने भएको छ।

पीडित भनिएकी किशोरी गौशाला २६ लाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले बालिग ठहर गरेपछि दोषी मानिए पनि सन्दीपको सजायको मात्रा कम हुने भएको छ। 

अदालतले पीडित  गौशाला २६ को जन्म २०६१ असार १८ गते भएको ठहर गरेको छ। यससँगै उनी घटना भएको समयमा १८ वर्ष पूरा भएको पनि अदालतले मानेको छ।

पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाउँदै सन्दीपले युवतीको सहमतिबिना यौनसम्बन्ध राखेको अदालतको ठहर छ।

पीडित किशोरी बालिग भएको ठहरपछि सन्दीपका लागि अब पुस २५ मा हुने अर्को सुनुवाइका क्रममा कम्तीमा ७ देखि १० वर्ष सजाय निर्धारण हुन सक्छ।

अब मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ को उपदफा ३ (ङ) अनुसार सन्दीपलाई सजाय तोकिनेछ। उक्त दफामा पीडित महिला १८ वर्ष वा सोभन्दा बढीकी भएमा ७ देखि १० वर्ष कैद सजाय हुने उल्लेख छ।

१० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।

१० वर्षभन्दा कम सजाय निर्धारण हुने भएकाले अब सन्दीपले तत्काल कैद बस्नु नपर्ने र बाहिरै बसेर पुनरावेदन गर्न पाउनेछन्। 

तर अदालतबाट जबरजस्तीकरणीमा दोषी ठहर भएकाले अब सन्दीपको खेल जीवन भने प्रभावित हुने भएको छ। यसअघि २०७९ पुस २८ गते उच्च अदालतको आदेशबाट थुनामुक्त भएका सन्दीप राष्ट्रिय टोलीमा फर्किएर खेलिरहेका थिए। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .