ad ad

खेल


इंग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुलको बराबरी

इंग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुलको बराबरी

नेपालखबर
पुस ८, २०८० आइतबार ७:३४, काठमाडौँ

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा आर्सनल र लिभरपुलले बराबरी गरेका छन्। 

दुवै टोलीले १/१ गोल गरी अंक बाँडेका हुन्। 

आर्सनलका लागि गेब्रियल मागाल्हासले तथा लिभरपुलका लागि मोहमद सलाहले एक/एक गोल गरेका हुन्। 

खेलको चौथो मिनेटमै गोल गरेर आर्सनलका गेब्रियलले टोलीलाई अग्रता दिए पनि २९औँ मिनेटमा लिभरपुलका सलाहले गोल फर्काएपछि बराबरी भएको हो। 

योसँगै आर्सनल १८ खेलबाट ४० अंकका साथ तालिकाको शीर्षस्थानमै रह्यो भने ३९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .